Last modified on 20 अगस्त 2020, at 16:42

चम्किलो सेना / गाब्रिएला मिस्ट्रल / सुमन पोखरेल

मेरा गीतलाई
मेरो हृदयभित्रै थुन्न खोज्यौ तिमीले भने,
गाउनेछन्‌ एकबद्ध भएर
लाखौँ केटाकेटीहरूले
सूर्यका मुनि !
 
मेरा प्रलापलाई
मेरो हृदयभित्रै भाँच्न खोज्यौ तिमीले भने,
यसलाई गाउनेछन्‌ केटाकेटीहरूले
ईश्वरका सामु।