भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चम्क युवक / सिद्धिचरण श्रेष्ठ

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

अघि सर, अघि सर, साहस जोड
कातरपन ली प्राण नछोड
पाइन बलको अब देखाऊ
बैरीलाई मार भगाऊ ।
चम्क युवक, अब चम्कन चम्क, छाती फुकाई लम्कन लम्क।

हृदय-हृदयमा जोश बढाऊ
मर्ने तन यो अमर गराऊ
जीवन कच्चा, मर्नु छ पक्का
स्वर्गिक द्वार छ देऊ धक्का
चम्क युवक, अब चम्कन चम्क, छाती फुकाई लम्कन लम्क ।

कदम-कदममा भेट्नपरोस्
लाखौँ बाधा बज्रकठोर
निर्भय दनदन गोली चलाई
मार्दै जाऊ वैरीलाई
चम्क युवक, अब चम्कन चम्क, छाती फुकाई लम्कन लम्क ।

बरु बाँच युवक दुइ घडिमात्र
चम्की उज्ज्वल पारि समस्त
के छ र बाँची लाखन वर्ष
पारि अँध्यारो बाहिर-भित्र ?
चम्क युवक, अब चम्कन चम्क, छाती फुकाई लम्कन लम्क ।

तिमि ह्वौ गौरव जगतीनलको
तिमि ह्वौ तागत धन को, जनको
तिमि ह्वौ आशा दुःखीहरूको
तिमि ह्वौ सारा सारा जनको
चम्क युवक, अब चम्कन चम्क, छाती फुकाई लम्कन लम्क ।

.........................................
उदय, १७, आषाढ १९९५