भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चरा र धर्म / महेश प्रसाई

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


तिमी मुसलमान
म सर्वमान
ऊ हिन्दू
यो बुद्धिष्ट,
त्यो क्रिस्तान
अर्को कोही शिख बहाई,

एउटा चराले हेर्दा
केही देख्दैन
यी सबैलाई ,

उसले आफ्नो दृष्टिमा
यी मान्छे वस्त्रहरू
जे जेख्छ
आफूभन्दा ठूलो चरा देख्छ
नउड्ने चरा,

निःसन्देश उसले देख्दैन
कुनै धर्म–वस्त्र,
फगत् चराको धर्म
चरा हुनु हो
र अर्को चरालाई
चराजस्तै देख्नु हो
क्रमशः
आफूभन्दा भिन्न वस्तुलाई
अनौठो चरा देख्नु हो ।