Last modified on 18 मई 2017, at 20:00

चलेछ वतास सुस्तरी / बुद्धवीर लामा

चलेछ वतास सुस्तरी
मनै सरर
भरोसा छैन जीवनको
बिताऊँ हाँसेर
कहिलेमा कहीं रमाइलो हुन्छ
भेटघाट हुँदामा
छातीको ज्वाला ननिभ्ने रैछ
बसेर रुँदामा
बिहानी हुन्छ उदाउँछ घाम
साँझमा डुब्छ रे
हिजोको बालक आजको यौवन
भोलि त लुक्छ रे