Last modified on 9 जुलाई 2017, at 09:33

चस्किदियो छाती / सुमन पोखरेल

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:33, 9 जुलाई 2017 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

चस्किदियो छाती फेरि सम्झनामा तेरो
किन अझै आफ्नी हुन्छेस् कल्पनामा मेरो

मनभरि तेरो माया छातीभरि घात
दिन दिन्छु अरूलाई आफ्नो केवल रात
अन्धकारमा किन घोच्छेस् यादहरूले यस्तो
फूल जति अरूको र काँढा मेरो जस्तो

रम्न खोज्छु केशमा, त्यो रात बनिदिन्छ
आँखाभित्र डुब्न खोज्दा आँसु झरिदिन्छ
अधरका मिठासहरू आज तिर्सना जस्तो
सँगै बिताएका रातहरू अब सपना जस्तो