Last modified on 12 नवम्बर 2017, at 15:05

चित्रहरु बनाई रहंदा / मञ्जुल


मन्दिर बनायौ तिमीले
बिहानीका
दिनका
साँझका-उसले भन्यो
मन्दिर बनायौ तिमीले
साना
ठूला
होचा
अग्ला-उसले भन्यो
मन्दिरको परिसर बनायौ
मन्दिरको पर्यावरण बनायौ
तर भगवान त देखिनुभएन नि-उसले भन्यो
चित्रहरु बनाइरहँदा
भगवान मेरो पछाडि बसेर
मेरो कामलाई हेरिरहनुभएको थियो
क्यानभासमा हेरिरहनुभएको थियो -मैले भनें