Last modified on 22 जून 2017, at 11:20

चिनारी हाम्रो धेरै पुरानो भए झैँ लाग्दछ / नगेन्द्र थापा

चिनारी हाम्रो धेरै पुरानो रहे झैँ लाग्दछ
नदेखे पनि भेट है संधै भए झैँ लाग्दछ २

शितल दिन्छौ पबन भएर मिर्मिरे आलमा २
मायालु न्यानो स्पर्श दिन्छौ किरणको रूपमा
हो…झन् झनै बज्छ सङ्गीत तिम्रो हरेक कण्ठमा
आशाको दियो आफै नै बल्छ अँध्यारो कुनामा
चिनारी हाम्रो….

हजार खोजें त्यो रुप हेर्न पाउँदै पाइन २
मायाले छुने हात छाम्न खोजें समाउन सकिन
भनी देउ आज को हौ तिमि मैले त जानिन
बिरंगी रुप फेरेर आउने तिमिलाई चिनिन
चिनारी हाम्रो….

शब्द: नगेन्द्र थापा
संगीत: कर्म योन्जन
स्वर: नारायण गोपाल