भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चिनारी हाम्रो धेरै पुरानो भए झैँ लाग्दछ / नगेन्द्र थापा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 19:12, 14 जून 2024 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

चिनारी हाम्रो धेरै पुरानो रहे झैँ लाग्दछ
नदेखे पनि भेट सधैँसधैँ भए झैँ लाग्दछ

शीतल दिन्छौ पवन भएर मिर्मिरे याममा
मायालु न्यानो स्पर्श दिन्छौ किरणको रूपमा
झन् झनै बज्छ सङ्गीत तिम्रो हरेक तन्तुमा
आशाको दियो आफैँ नै बल्छ अँध्यारो कुनामा

हजार खोजेँ त्यो रूप हेर्न पाउँदै पाइनँ
मायाले छुने हात छाम्न खोजें समाउन सकिनँ
भनिदेऊ आज को हौ तिमी मैले त जानिनँ
बिरङ्गी रूप फेरेर आउने तिमीलाई चिनिनँ

.......................

शब्द: नगेन्द्र थापा
संगीत: कर्म योन्जन
स्वर: नारायण गोपाल