Last modified on 2 जून 2017, at 12:22

चुपचाप छ गाउँ सहर बोल्दैन किन / निमेष निखिल

चुपचाप छ गाउँ सहर बोल्दैन किन
खै कता छ समय प्रहर बोल्दैन किन
 
आफूलाई टुक्रा पार्ने आफ्नै सन्तान देखेर
उदास छ देश ख48डहर बोल्दैन किन
 
धुजाधुजा छन् सपना छरिएका जताततै
मनभरि छ यो रहर बोल्दैन किन
 
मुटु अचानो राखेर काट्दा पनि इच्छाहरु
उम्लन्छ मात्र छातीभरि कहर बोल्दैन किन।