भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चेली बिदा माग्छिन् / मञ्जुल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

सुनैको काइँयो सुनैको थाक्रो, सुनौली मेरो केश
नरोए आमा, न्याउली बास्तै म काट्छु माइती देश

दाजुले भेटे मनको बह पोखेर रोइदिउँला
भाइले भेटे बर्बरी आँसु झारेर रोइदिउँला
देवीथान भेटे लालपाती फूल राखेर हिँडौँला
देउराली भेटे भीमसेन पाती भाकेर हिँडौँला ।