Last modified on 25 सितम्बर 2016, at 21:28

चोट / रमेश क्षितिज

चोटमा चोट थप्यौ मलाई रन्थनाउँदै हिँडे
आँखामा आँसु थियो र म गुन्गुनाउँदै हिँडे

एकअर्काको हात पकडेर तरौँ भन्यौ भेलहरू
बीच नदीमा छोड्यौ र म डुबुल्की लाउँदै हिँडे

आफ्नै सम्झेर माया गरेथेँ धोका रहेछ त्यो तर
सिसा फुटेझैँ विश्वास भो म दिल रुवाउँदै हिँडे

खुट्टामा काँडो बिझेपछि ‘आह’ गर्छन् मान्छेहरू
मुटुभित्र नै वाण बिझ्यो म लर्खराउँदै हिडेँ

खुसी थिए ती हा“स्नलाई अघिपछि साथीहरू
रुँदाखेरि त एक्लै परेँ म मन बुझाउँदै हिँडे

चोटमा चोट थप्यौ मलाई रन्थनाउँदै हिँडे
तिमीले तार चुँडेको सारड्डी म बजाउँदै हिँडे