भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

चोली राम्रो पाल्पाली ढाकाको / बुद्धवीर लामा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 20:00, 18 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=बुद्धवीर लामा |अनुवादक= |संग्रह= }}...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

चोली राम्रो पाल्पाली ढाकाको
हेराइ राम्रो मायालु आँखाको
झिल्के मजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
न्याँनोमा न्याँनो पस्मिना बर्को काठमाण्डौं शहरको
ल्याइदेऊ न साँइला हात पटासे भादगाउले खाँडीको
वैंश मिठो सोह्र र सत्रको
माया मिठो त्यो मन भित्रको
झिल्के मजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर
रोदीमा खुल्ने मखमली ढलेक पोखरा शहरको
ल्याइदेऊ न साँइला आङ्गी र पङ्दिन सोलु है खुम्बुको
पानी मिठो त्यो ढुंगे धाराको
माया मिठो नेपाली पाराको
झिल्के मजुर
ख्याल माया लाग्दैन हो तिम्रै हजुर