Last modified on 28 मई 2017, at 10:19

छाता / विक्रम सुब्बा


सेँठसँग लिएको कालो रंगको होस्
या अमेरिकाबाट आएको छिर्बिरे
यूएनमार्फत आएको नीलो रंगको होस्
या रक्सौल हुँदै पसेको पेटारे
ओढेको दिनदेखि शिरमाथि चढ्छन् छाताहरू
र सकृय हुन्छन् उभिण्डो टाँगेर आफ्ना टाउहरू ।
ईतिहासको यो घडीमा
होसियार ! छाता ओढ्ने मानिस !!
उभिण्डो टाउके छाताले
तिमीलाई सुभिण्डो सुरक्षा देलान् ?