भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छामेँ छाती मुटु दुखेर आयो / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


छामें छाती मुटु दुखेर आयो
उनको याद एकपल्ट लुकेर आयो

यतैबाट जान्छु भन्थिन् त्यसैले
बाटो तिनको उसले ढुकेर आयो

यो सहरमा बाँच्नु नै तीतो पीडा
मौका सबै–सबै चुकेर आयो

घरबास कसैको छैन, मेरो पनि
ज–जसका भए ती झुकेर आयो