भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

छुट्नु अघिल्लो रात / रमेश क्षितिज

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

हजार घुम्ती जिन्दगीका बाटो नागबेली
आज सँगै बास बसी छुट्टिनुछ भोलि

रात पनि छिटोछिटो बित्दैछ निठुरी
तिमीलाई हेर्न छोडी निदाउँ कसोरी
यो गरूँ कि ऊ गरूँ कि कुन कुरा गरूँ
धेरै कुरा बाँकी नै छ कुन पूरा गरूँ ?

कुरा गर्दै रात बितोस् झुल्कोस् बिहानी
सम्झुँला म सधैँ तिम्रो काखको सिरानी
यो दिउँ कि ऊ दिउँ कि कुन चिनो छोडूँ
यता आफ्नो मुटु छोडी भोलि कहाँ हिडूँ ?