भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

"छोरा नं. १ / कृष्ण पाख्रिन" के अवतरणों में अंतर

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज
 
पंक्ति 3: पंक्ति 3:
 
|रचनाकार=कृष्ण पाख्रिन
 
|रचनाकार=कृष्ण पाख्रिन
 
|अनुवादक=
 
|अनुवादक=
|संग्रह=शताब्दी/कृष्ण पाख्रिन
+
|संग्रह=शताब्दी/ कृष्ण पाख्रिन
 
}}
 
}}
 
{{KKCatKavita}}
 
{{KKCatKavita}}

11:30, 4 अगस्त 2019 के समय का अवतरण


पहिले तिमीहरुले यसलाई
तुहेको भनेर ढुंगाको बगरमा
एउटा ढुंगा जस्तै फालेका थियौं ।
तर ऊ थुप्रै ढुंगाहरु बीचमा
एउटा सिंगो बगर भै उभिएछ ।
तिमीहरुले फेरि त्यो बगरलाई छोप्न
थुप्रै झार, दुबो र विकासका रुखहरु रोपिदियौ
तर आश्चर्य !
ती रुखहरुमा ऊ त झन लहरा जस्तै झांगिएछ
यो निलो आकाशलाई गिज्याउँदै
आकाश भन्दा प..........र, परसम्म
उसका हात खुट्टा र औंलाहरुमा फैलिएको छ ।
 
खोई के भनौं तिमीलाई ?
उसको कथाको वर्णन गर्दा नेपोलियन, गाँधी, यीशु
पनि
सबै केवल
फिका मात्र मात्र फिका हुन्छन् ।
हामीलाई थाहै नदिई
उसका पाइलाहरु मीलका ध्वाँसे बादलमाथि
लेकाली झुप्रोमा जमेको सेतो तुषारोमाथि
घामले खाएको मदेशको बलौटे आँगनमाथि
र टाढा टा............ढाको जूनेली सतहमाथि
एक तमासले हिडिरहेको छ, बढिरहेको छ ।
मैले गौरवसाथ घोषणा गर्नै पर्छ
यो मेरो छोरा !
भूगोलको नै पदयात्री हो ।
र उसले छोडेर गएका पाइलाहरु
निश्चय नै मानिसको इतिहास हुनु पर्छ ।
 
हेर, कुनै पिताले समातेर
मायाको म्वाई खानु
ममतामा पग्लेर कुनै आमाले
घर परिवार र देशभित्र
निर्वासित गर्न खोज्यो भने
यो तिमीहरुको ठूलो मानचित्रमा
उ नअटाएर
तिमीहरुको मानचित्र नै सानो
अझैं सानो र साह्रै सानो हुनेछ ।
उ दिग्विजयकर्ता
कुनै दिवंगत आत्माभन्दा पनि महान
धर्तिभरिकै मानिसहरुमा फैलिएको छ ।
 
 
हेर उसका दुबै हातहरुमा श्रृष्टि गर्ने
दैत्य र मानिस भएको बस्तीको इतिहासलाई
पशु र मानिसमा रहेका झगडाको ग्लोबलाई
दैत्य र पशुदेखि मुक्त भएको
मात्र मानिस केवल मानिस भएको
नयाँ बस्ती बसाउने
दुई फलामे पाखुराहरु लिएर उभिएको ।
ती मस्तिष्कमा कोरेका विभाजनका रेखाहरु लिएर
कुनै देशको सत्ताधिकारीले अंशबण्डा गर्न खोजेमा
बतासमा टाउको उठाएर आफैले
आफ्नो अनुहारमा प्याच्च थुके जस्तो हुनेछ ।
 
त्यसैले साइनो नै केलाउने भए
पूर्खा, जात र नाम नै सोध्ने भए
रगत, मासु र मानिसको साइनो भनिदिनेछ ।
 
कुन पहाडले उसलाई छेक्न सक्छ ?
कुन बाटोले उसलाई रोक्न सक्छ ?
ठूलठूला पर्वतहरु सम्याएर
पर्वतमाथि ढुंगा र ढुंगामाथि चम्किलो सडक
ओछ्याएर
धेरै हिउँका थुम्का थुम्की फोरेर पाइला सार्दै
धेरै धेरै चट्टान र पहराहरु सतहमा मिलाएर
उसले कसैको आँखामा नबिझ्ने
कसैको मुटुमा पनि नघोच्ने
देशहरुको योजनाभन्दा अर्कै
आजसम्मको इतिहासको योजनाहरुभन्दा पनि अर्कै
एउटा योजनाको थालनी गरेको छ ।
 
मेरो छोरो ! तिमीलाई !
देखावटी दीर्घायुको शुभ—कामना दिने
ती सबै लाटा, बहिरा र अंधाहरु
र घुंडाबाट आँशु काढी तिम्रो बिछोडमा रुनेहरु
एउटा अनुहारका दुई मूर्तिहरु
मात्र मूर्तिहरु देख्छु
 
त्यसैले उज्यालो जस्तो सत्य यो छ
कि बाँच्यौं भने तिमी
ती दैत्य र पशुहरुलाई थुपारेर
तिनीहरुको लाशको कुन्युमाथि तिम्रो घाम उदाउने छ
तर तिमी मर्छौ
र अवश्य मर्ने छौं
म सधैं नै यही भन्छु
 
(किनकी सबैको मृत्यु शायद निश्चित छ)
 
यतिसम्म कि तिम्रो मृत्युले
केबल धेरै धेरै मानिसहरुको हृदयमा व्याकुल शोकको पहिरो
र घृणाको हुरी उब्जाएर जानेछ ।
धेरै मानिसहरुको श्रद्धाले तिम्रो चिहान
तिमीमाथि नै संसारको छोरा भनी
लेखिदिनेछ ।
 
 
र, तिमी जस्तै बाँचेकाहरुलाई
कुनै हिउँको हुरीले नछुने
कुनै तुषारोको जाडोले नछोप्ने
र कुनै युद्धखोरहरुको युद्धले नभेट्ने
एउटा यस्तो भूगोलमा लैजाने छ ।
जहाँ देशको सीमारेखादेखि लिएर
सानो सानो झगडासम्म पनि हुने छैन ।
जहाँको बगरहरुमा
मान्छेको मासुको भाग लगाउने
कुनै कसाईहरु
र कुनै पशुहरु पनि हुनेछैन ।
जहाँबाट बेखर्ची भइ
कुनै यात्रीहरुले
दुई छाक खान भीख माँग्न पर्दैन
एउटा यस्तो संसार
जहाँको आईमाईहरुले आफ्नो लोग्नेको बिछोडमा
तरुनीमा नै चुराहरु फुटाउन पर्नेछैन ।
जहाँको आमाहरुले
आफ्ना छोरा छोरीहरुको
—बुहारीहरुको
नाता–नातिनीहरुको
सुस्वास्थ्य र दीर्घायुको कामनाहरु
सँधै नै गर्नेछन् ! सँधै नै चिताउनेछन् !!
 
जहाँका छोराहरुले
धर्तीभरिकै
आमा, बा र भाईहरुको
दिदी, बहिनी र बुहारीहरुको
दीर्घायुको लागि
हजारौं हजारौं परेवाहरु
हजारौं हजारौं बेलुनहरु
हजारौं हजारौं पल्ट
आकाशतिर उडाएर आतिशबाजी गर्नेछन् !
आकाशतिर उडाएर आतिशबाजी गर्नेछन् !!