Last modified on 9 जून 2020, at 19:48

छोरीलाई / सुमन पोखरेल

मेरो मनलाई
कसले छोयो ?
मेरी छोरीको
सम्झनाले
मेरी छोरीको
मुस्कानले
मेरी छोरीको
मायाले ।

छोरी,
यो टाढा हुनुको वाध्यताले
यो सम्झिनुको निरन्तरताले
तिम्रो माया बढेको छ
मेरो छातीभरि ।

यसले विश्वास दिलाएको छ
रातपछिको दिनको आगमनको
झरीपछिको पारिलो घामको ।

भोलि तिमी
खेल्दैहुनेछौ मेरो सामुन्ने
आफ्ना सपनासँगै
एउटा अपरिचित भविष्यतिर
लम्कदैं आफ्ना कलिला पाइलाहरूले
सृष्टिको अर्को कुना भेट्टाउन ।