Last modified on 6 मार्च 2017, at 20:47

जति गुन्गुनाउँथें / एस्पी कोइराला

जति गुनगुनाउँथें गीत गाई चराउँदा पहिले
उति मिठो गाउँको प्रीत सम्झी ल्याउँदा अहिले

कतै छुट्यो आधी मुटु मेलपात धाउँदा
झनै दुख्यो बाँकी मुटु मनको गीत गाउँदा
गुनगुनाउँथें गाइने गीत दाउनी गर्दा पहिले
सम्झी सम्झी गाउँको प्रीत पछुताउँछु अहिले

हामफालेछन् विरहमा उतिस अनि पीपल
रुन्छन् अरे पन्चेबाजा झरी छैन सीतल
गुनगुनाउँथें गाउँकै गीत बेठी लाउँदा पहिले
गैरी गाउँको प्यारो प्रीत अब पाउँला कहिले