Last modified on 29 जून 2017, at 16:13

जति माया लाए पनि / विनोद गौचन


जति माया लाए पनि
जति कसम खाए पनि
निस्ठुरीले बाटो लाग्दा
आँखा तरी गए पछि
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो

साचो प्रिती लाएकै थिएँ
चोखो जोवन दिएकै थिएँ
बुझ्नेले कुरा नबुझे पछि
मनमा कुरा नलिए पछि
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो
दुख तिम्रा सबै लिई
सुख दिन्छु भनेकै थिएँ
बुझ्नेले कुरा नबुझे पछि
मनमा कुरा नलिए पछि
मनमा पिर त पर्ने नै भयो
यो मन त्यसै मर्ने नै भयो