भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जब मोडिन्छ जिन्दगी / भीम विराग

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

गलत मोडमा जब मोडिन्छ जिन्दगी
आफूदेखि आफ्नै तोडिन्छ जिन्दगी

बाटो हो कि कुबाटो अन्धोलाई के मतलब
आँखै हुनेको पनि ठोकिन्छ जिन्दगी

ढुङ्गाको चोटलाई ऐनाले सहनुपर्छ
कमजोरीले नै यसरी टुक्रिन्छ जिन्दगी

लेखिन्छ बालुवमा पानीमा लेखिँदैन
एउटै लहरले तर मेटिन्छ जिन्दगी