Last modified on 24 जुलाई 2016, at 22:00

जाजरकोट / मोमिला

प्रिय सम्बोधन
तिमी जहा उभिएर
मेरो पुर्खा सहिद भएको इतिहास सोधेथ्यौ भेरीलाई
म वारिबाट
तिमी उभिएको इतिहास सोधिरहेछु
यतिखेर
तिमी सहिद भएको इतिहाससंगै
आंफै सहिद समय बगिरहेको भेरीले
आंसुका हजारौं प्रश्नफूलहरू अर्पण गरेर
अग्ल्याएको पहाडजस्तो
आदिम प्रेमबस्ती ⁄
प्रिय जाजरकोट ⁄
वारिबाट म तिमीलाई अगालो हाल्न सक्दिन
केही छैन
मन फाटिएर हामीबीच भेरी बगे पनि
निर्वासनमै
घामको न्यानोमा म तिमीलाई अनुभूत गरिरहेछु
जूनको शीतलमा तिमी मलाई अनुभूत गर्नेछौ ।