भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जाभामा खडेरी / अभि सुवेदी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

शब्द खस्न
निकै समय लाग्दैछ
लाग्छ आकाशमा केही भएकोछ
मन पृथिबी जस्तै सुकेकोछ
लाग्छ बर्षा चाहिएको छ
रेखा र बाइमात्रा
विद्युत्धार जस्तै आकाशमा
केही हलचल गरेर खस्ने
यहां शब्दका झरी चाहिएकोछ
बुझ्छु
शब्द खस्न समय लाग्दैछ
केही भएकोछ
इतिहासमा केही पहिरा चलेकाछन्
म्ानहरु केही आक्रोशित र हतास भएर
रेफरी बिनाको दौडमा उत्रेका छन्
लाग्छ
मनहरु
खोला, नाली र गल्लीबाट
छिछिमिरा झैं उठेका छन्
झरीपछिको घाममा
तर
शब्दहरु
बिस्तारै खस्छन्
खडेरीले थकित आकाशको एउटा कुनोबाट।