Last modified on 13 अगस्त 2018, at 11:15

जिउनुको सास तिमी मेरो / वसन्त चौधरी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 11:15, 13 अगस्त 2018 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=वसन्त चौधरी |अनुवादक= |संग्रह= }} {{KKCat...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)


जिउनुको सास तिमी मेरो...

उदास उदास यो साँझ
तिम्रै याद बनी दर्किंदैछ
अनुरक्ति पनि विरक्ति जस्तो
मुटुभरि चर्किंदैछ ।

सपना त देख्छु, तर
सान्त्वना पाउँदिनँ
शीतल शीतल जूनले पनि
आगोभन्दा पोल्छ भित्र
तरै पनि यो मन मेरो
तिमीलाई पर्खिंदैछ ।

यस्तो लाग्छ,
गैसकेको सास मेरो
फर्किंदैछ
मात्र तिम्रो सम्झनाको
स्पर्श पनि कस्तो अहो !
नयाँ जीवन भई मेरो
तनमनभरि बर्सिंदैछ ।