Last modified on 23 जून 2017, at 08:13

जिन्दगीलाई दुई टुक्रामा बाँडेर / सुरेन्द्र राना


जिन्दगीलाई दुई टुक्रामा बाँडेर
एक टुक्रा आफु, एक टुक्रा अरु साँची सहेछु
सायद जिन्दगी पनि अंश लाग्दो रहेछ
अलिकति आफू, अलिकति अरु बाँची रहेछु

म सिङ्गो रुन सक्त्तिन
आँसुको लेनदेन हुन्छ याहाँ
सायद रोदन पनि अंश लाग्दो रहेछ
दुई थोपा आफु, दुई थोपा अरु रोइरहेछु

म सिङ्गो हस्न सक्त्तिन
हाँसोको किनबेच हुन्छ यहाँ
सायद खुसी पनि अंश लाग्दो रहेछ
एकछिन आफू एकछिन अरु हाँसीरहेछु ।