Last modified on 23 जुलाई 2017, at 11:07

जिन्दगी आफैँ / दिनेश अधिकारी


जिन्दगी आफैँ जित हो मेरो
जिन्दगी मीठो गीत हो मेरो
अर्थोकै होला अरूको लागि
जिन्दगी नै हो संसार मेरो

म साथी कहिले बाटोको लागि
मै आस मीठो माटोको लागि
नहेरे मैले खुल्दैन रूप
उजाड हुन्छ धर्तीको छाती

हिमालमाथि घामझैँ खुली
नसके थप्न एउटा चुली
के भो र फेरि जन्मेको सार ?
अधुरै हुन्छ मान्छेको जुनी