भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जिन्दगी भेट्ने ठेगाना पायौ ? / राजेश्वर रेग्मी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज



जिन्दगी भेट्ने ठेगाना पायौ ?
सहरबाट हिंड्ने रमाना पायौ ?

दशौं दिनसम्म भोकभोकै बसेर
बल्ल एक दिनको खाना पायौ !

एक्लो त शायद परेनौ होला
साथमा दुई, चार– एक जाना पायौ

भीडमा भो, कैदी बाँच्तिनँ भन्थ्यो
भागको त्यो चुहुने छाना पायौ

कहिले त हार, जीत भै दिन्छ
चित्त बुझाउने बाहना पायौ