भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवनको बाटोभरि / सुमन पोखरेल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 04:32, 26 जुलाई 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार= सुमन पोखरेल |अनुवादक= |संग्रह=हज...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

जीवनको बाटोभरि व्यथैव्यथा देखेँ
तिनै व्यथा सङ्गालेर एउटा गीत लेखेँ

पोहोर साल गह भिजाई एउटा झरी पर्‍यो
आँखाभरि सङ्गालेको सपना नै झर्‍यो
छातीभरि जता छाम्यो पीरै पीर भेटेँ
तिनै व्यथा सङ्गालेर एउटा गीत लेखेँ

बाँच्दै थिएँ खुसीसँग एउटा बज्र पर्‍यो
जिन्दगीले साथ छोड्यो मृत्यु पनि टर्‍यो
मुटुभरि जता छोयो चोटै चोट भेटेँ
तिनै व्यथा सङ्गालेर एउटा गीत लेखेँ