Last modified on 31 अगस्त 2020, at 14:33

जीवन-ज्योति / लेखनाथ पौड्याल


दिनकर घुमून वा पृथ्वी धुमून् हावा घुमोस् वा जल घुमोस्
शिश मारनामा चक्र घुमोस् वा विकराल अथवा कालै घुमोस् ।
जुन वस्तु हो त्यो हर्दम् घुमेको उसको घुमावट धन्य हो
जसबाट निस्क्यो झलमल्ल यस्तो यो विश्व-जीवन-बिजुली अहो!


फनफन घुमेका उस चक्रको सब सञ्चालना उहि जान्दछ
जसलाई हाम्रो वेद सर्वव्यापी पिता भनि मान्दछ ।
न त आदि उसको पाइन्छ काही न त अन्त्य काही मिल्दछ
जो गर्छ खोजी उसको उसैको सत्ता उसैमा मिल्दछ ।


यो विश्व-जीवन-सौदामिनीको सञ्चार गर्ने घर ठूलो
होला कहाँ त्यो ? कुन रेलिंदो हो त्यसमा अगम् गतिमा कुलो ?
यो तर्क गर्दा गर्दै सबैको शिर घुम्छ त्यो चकैसरी
घन्कन्छ आखिर व्यामोहको नै खाली गगनमा बाँशुरी ॥


आब्रह्म भुसुना, तृण, वृक्षतकका प्राणीहरू खम्बासरी
छन् भिन्न मसिना तार मनका उनमा कसेका बेसरी ।
सङ्कल्पको नै चकों करेन्ट-ज्वाला निरन्तर चल्दछ
रङ्गित गुलुपको विच वासनाको ज्योती झकाझक बल्दछ ।

यो विश्व-जीवन-बिजुली निकाल्यो त्यो विश्वकर्मा दङ्ग भो ।
झलमल्ल झल्क्यो यो विश्व सारा उसलाई अझै रङ्ग भो ।
सब झ्याल खोल्यो उस नाचघरका आफू बस्यो दर्शक बनी
लीला सुरू भो अद्भुत नटीको जम्वा भए नटुवा पनी ॥


भालीकिनी भै गई नटीले जुन जुन इशारा त्यै सब
नटुवाहरूले फिर गर्न थाले नृत्य-क्रियाको उत्सव ।
दर्शक वनेको त्यो विश्वकर्मा त्यै देखदा अलमस्त भो ।
देखिन्न अकों मै एकलो छू भन्ने अत्याहुट अस्त भो ।


थोत्रा पुराना सामान पुर्जा प्रत्येकलाई आफै हेरदै
जस्तो जहाँ जो चाहिने हो त्यस्तो त्या त्यो फेरदै
हर्दम् तमासा हेर्ने तमासे त्यो विश्वकर्मा धन्य हो !
यो विश्व जसका भित्री नजरमा न त अन्य हो न अनन्य हो ।