भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ / मनु ब्राजाकी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

जीवन कैले लघुकथा कहिले उपन्यास हुन्छ
कहिले उर्लिदो खहरे खोला कहिले प्यास हुन्छ ।

म देखि जति टाडा जति दु.खी भए पनि
अन्तत: हामी दुबैको सम्मिल्लित इतिहास हुन्छ ।

प्रकाश होस दिनको अथवा रातको अन्धकार
जुन, तारा सूर्य उदाउने त्यो एउटै आकाश हुन्छ ।

छायाँहीन मध्यान्हको नरमाइलो खडेरीमा
तिमी जहाँ भए पनि मन सँगै उदास हुन्छ ।

आकाश कैले म हुँदा तिमी धर्ती हुन्थ्यौ कैले
ऋतु बदलिदाँ दुबैको सँगसँगै उपहास हुन्छ।