भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

जीवन : एक दृष्टि / हरिभक्त कटुवाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 15:51, 2 अक्टूबर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=हरिभक्त कटुवाल |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


घरी-घरी हावा भरिरहनु पर्ने
पङ्कचर भएको -
बाइस्कलको ट्यूब जस्तो यो जीवन
कति टिठलाग्दो छ !

टाल्यो - उप्किन्छ
उप्किन्छ - टाल्यो
टाल्दा-टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ
र पनि नटाली घर छैन
नगुडी चक्कालाई सुख छैन !

गुड्दा-गुड्दै जब असङ्ख्य भ्वाङ पर्छन्
टाल्नै नसकिने - ट्यूबमा
अनि फ्याँकिन्छ निर्दयतापूर्वक
डस्टबिनमा वा कुनै नालीमा ।

घरी-घरी हावा भरिरहनु पर्ने
पङ्कचर भएकव -
बाइस्कलको ट्इूब जस्तो यो जीवन
कति टिठलाग्दो छ !!