Last modified on 31 मई 2017, at 15:32

जुत्ता र म / बासुदेव पुलामी


सधैं एउटा यात्रा हिँडेर
थाकेपछि
रातभरि चुपचाप एककुनामा बसिरहन्छयो।

मैले हिँडन जानेको दिनदेखि
मलाई शिरमाथि थामेर कुनै यात्राहरूसम्म पुर्या एर पनि
एक्लो बनाएको छैन यसले।

कति लामो यात्रा मबाट हिँडिसक्यो
कति लामो बाटो मबाट छुटिसक्यो।
यो यात्रामा हिँडदा- हिँडदा
म आफै थाके पनि
अझै
मलाई अघि बडने जोश र जाँगर दिएर
हेरिरहन्छ हरेक यात्रापछि यसले।

मलाई थाह छ
मेरो यो यात्रा एकदिन टुङ्गिनेछ,
कारण मान्छेलाई कहीँ पुग्नु छैन।
तर
त्यो दिन पनि
मलाई चुनौति दिएर
यसले मलाई पर्खिरहन्छ। पर्खिरहनेछ।
एउटा असमाप्त यात्रा शिरमाथि बोकेर।