Last modified on 26 जुलाई 2016, at 02:12

जुनीभरिलाई पीर संगालेर अब टाढा टाढा हुँदैछु / भीम विराग


जुनीभरिलाई पीर संगालेर अब टाढा टाढा हुँदैछु
काँडा माथि पाइला राखी बिदा लिंदैछु

निर्धा मेरा ईच्छाहरूले पिरोल्न चाहन्न
मेरो दुखी यात्राभरि भुलाउन चाहन्न
बिपनीका यादहरू तिमीलाई नै छोडी
सपनीका साथहरू भुली जाँदैछु

आफैं दुख्छ जिन्दगी यो दुख्दै कति हाँस्नु
मायाका गीतहरू गाउँदै कति बाँच्नु
बिपनीका यादहरू तिमीलाई नै छोडी
सपनीका साथहरू भुली जाँदैछु