भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

झञ्झावीर / लक्ष्मीप्रसाद देवकोटा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

१. झञ्झा चढेको वीर, सत्य मान्छे
आँधीको ए हनुमान् !
तीन-हाते जादू-बाकस भूकम्प भो,
एक पखेरुले गरुडको वेग हान्यो खं-कम्पन भो

२. म चाहन्छु मेघगर्जन उत्तम कराल,
आँखा मेरा चिच्याहटमा वाक्क छन्
दैनिक मरुको बेर्छ छाल।

३. पुतली आँधी बनेमा हेर मान्छे, हेर वीर !
नत्र कस्तो सानो जीवन, साङग्रो दृष्टि, छोटो पीर !

४. दाल-भात-डुकू-रामढिँडोमा...
काम्छ थरथर यो बहादुर हप्काइँदामा...
हेर, गरीबका बट्टाइ-नजर :
आधा चिम्ली प्राधा खुलेका : नृसिँह थरथर !

५. जा, तँ मान्छे बन् वजनदार !
विश्व थर्का, तारा घर्का, पृथ्वी चर्का,
मृत्युको जूँघा उखेल्,
दुःख तँ अप्ना, ध्रुवमरुमा गर् तँ खेल,
यी दैनिक गन्धे झार रोई रोई न उखेल् !

६. सानो, हलुका, लाटो, भुत्ला,
मान्छे खै, ए मान्छे खै?
झिक्न<ref>झिक् न,</ref> धौता, खान<ref>खा' न,</ref> आगो,
तर्सी भनोस् अनि सारा दुनियाँ –
ऊ, भीमसेन है, मान्छे है ।
पुछ्रेतारो बन्न<ref>बन् न,</ref> वीर,
केही देखा...उम्लिएको स्वर्णशक्ति,
सरस्वती नाचेको शिर ।
नत्र दुःखको माने के ?
मृत्यु भजी लाने के ?
उग्र खै, ए उग्र खै?

.............................................
भारती, २|५, कार्तिक २००७
रचनाकाल- २००४, काशीमा

शब्दार्थ
<references/>