भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

झरेको पात झैँ भयो / कालीप्रसाद रिजाल

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 22:31, 7 मई 2020 का अवतरण

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज

झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी
निभेको दीप झैँ भयो उदास मेरो जिन्दगी

चुरा फुटेसरी भयो चराहरू उडिगए
हजार कोपिलाहरू नमुस्कुराउँदै झरे
उठेको बस्ती झैँ भयो प्रवास मेरो जिन्दगी

बिहान जो खुशी थियो जलेर साँझ भैसक्यो
भिजेको पात-पातमा निशादको कथा थियो
अँधेरी रात झैँ भयो विषाद मेरो जिन्दगी

जलिरहेछ लास भित्र-भित्र कहीँ छातीमा
टुटेफुटेका स्वप्न झैँ अँगारमात्र छातीमा
बिजन बदल सरी भयो उराठ मेरो जिन्दगी।