भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

ट्याटु / नोरेम

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

महाभारतको युद्धमा
आफ्नो कुनै प्रतिज्ञाका खातिर
हज्जारौ बाणहरूको ओछयानमाथि
सहज सुतिरहेका भीष्म
अलौकिक र अपत्यारिलो लाग्थे मलाई
 
आज पत्याएँ
र अचम्मित भएँ म
आफ्नो प्रियजनको सम्झनामा
हज्जारौँ पल्ट आफ्नै शरीरमा
सियो घोचाएर
एउटा विस्मृत प्रायः तस्वीर
जीवन्त तुल्याएको खुशियालीमा
उल्लासित
आफ्नै कोखमा जन्मिएको
एउटा अचम्मको आधुनिक भीष्म
आफ्नै आँखा अगाडि
सतिसाल झैँ
ठिङ्ग उभिरहेको देखेर ।