भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तरङ्गहरुमा / विमला तुम्खेवा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज


यहाँबाटै सुरू भयो होला
प्रेमको अभिमतहरु
म —
सूर्यास्तपछिको जूनसँग आलिङ्गन हुन आतुर छु
जून —
तिमीलाई अँगालो भरिभरि चुमेर
म रुन चाहन्छु
कि हामी केवल भ्रम हौ भनेर ।

पानीको सतहहरुमा
तिमीले चुम्दै गएको पानी लालीमा
मेरो्रेमकोप संस्मरणमा
उत्कृष्ट चेतना भएर उभिने छ ।

जहाँबाट मैले —
चेतना प्राप्तिको प्रसव वेदना भोगेकी छु
कति म तिमीसँग
मर्दै र बाँच्दै गर्ने यो सहरको कथा सुनाऊँ
कति म तिमीसँग वेदनाको कुरा गरौँ
आऊ !
एकैछिन छालहरुको कुरा गरौँ र हराऔँ तरङ्गहरुमा ।