Last modified on 29 जून 2017, at 19:43

तिमीबिना मेरो आँगन / धनेन्द्र विमल


तिमीबिना मेरो आँगन अधुरो अधुरो अधुरै थियो
तिमीबिना मेरो जीवन अपुरो अपुरो अपुरै थियो

डर लाग्छ यो साथ छुट्ने हो कि फेरि
पीर लाग्छ यो हात छुट्ने हो कि फेरि
दैवलाई भाकेकी छु नछुटाइदेऊ भनी
दैवसँग मागेको छु नचुँडाइदेऊ भनी

अधरमा छौ तिमी बोलीबोलीमा छौ
नजरमा छौ तिमी हेराइ-हेराइमा छौ
मेरो सबथोक त्यहीं जहाँ तिम्रो पाइला छ
मेरो घरबार त्यहीं जहाँ तिम्रो मुस्कान छ

स्वर - कुमार सानु, साधना सरगम
संगीत - रनजीत गजमेर
चलचित्र – चट्याङ्