Last modified on 8 फ़रवरी 2022, at 08:14

तिमीलाई देखेर आँखा / कृष्णप्रसाद पराजुली


तिमीलाई देखेर आँखा
त्यहीं छोडी हिंडे म

बाटो सुनसान भैसकेको थियो
जून बिलाएर गैसकेको थियो
बिस्तारै हिंडेको कोही साथमा
तिमीलाई देखेर पाइला
त्यहीं छोडी हिंडे म

बोलाऊँ बोलाउन हुँदैनथ्यो
भुलूँ भने यो मनले दिंदैनथ्यो
भूइँचालो चलाई एक्लो रातमा
तिमीलाई देखेर मुटु
त्यहीं छोडी हिंडे म