Last modified on 10 मई 2015, at 18:51

तिमीलाई नदेख्दा यस्तो लाग्छ, प्रत्येक क्षण देखेझैँ / सरुभक्त

तिमीलाई नदेख्दा यस्तो लाग्छ, प्रत्येक क्षण देखेझैँ
मनको अनन्त पानीभरि प्रेमपत्र सधैँ लेखेझैँ
झरीका बादलहरू कति आए अनि कति गए
हिमालझैँ ठडिई मनका विषादहरू सबै छेकेझैँ।