Last modified on 31 मई 2017, at 12:15

तिमीलाई भुल्दा / कञ्चन पुडासैनी

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 12:15, 31 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= कञ्चन पुडासैनी |अनुवादक= |संग्रह...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

तिमीलाई भुल्दा म एक्लो परेछु
तिमीलाई सम्झे तिमी साथ आयौ
कुनै चिज मीठो म खोजिरहेथे
म सोंचिरहेथे तिमी याद आयौ

उज्यालो बढे झैं भयो आज झन् झन्
उज्यालो त मुस्कानले बढ्छ भन्छन्
कि मैलाई सम्झी तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयो
कुनै चिज मीठो म खोजिरहेथे
म सोंचिरहेथे तिमी याद आयौ

तिमीले पनि सम्झिएकी भए लौ
चुम्यौ चाहनाले अझै मन् परायौ
मलाई भुलेकी भए के भनू ख्वै
तिमी हर्षा आयौ के बिस्मात आयो
कुनै चिज मीठो म खोजिरहेथे
म सोंचिरहेथे तिमी याद आयौ

शब्द : कन्चन पुडासैनी
स्वर : नारायण गोपाल
संगीत : दिब्य खालिङ्