भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमीलाई भुल्दा / कञ्चन पुडासैनी

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमीलाई भूल्दा म एक्लो परेँछु
तिमीलाई सम्झेँ तिमी साथ आयौ
कुनै चिज मीठो म खोजिरहेथेँ
म सोचिरहेँथे तिमी याद आयौ

उज्यालो बढे झैँ भयो आज झन् झन्
उज्यालो त मुस्कानले बढ्छ भन्छन्
कि मैलाई सम्झी तिमी मुस्कुरायौ
कि आयौ तिमी चाँदनी रात आयौ
कुनै चिज मीठो म खोजिरहेथेँ
म सोचिरहेथेँ तिमी याद आयौ

तिमीले पनि सम्झिएकी भए लौ
चुम्यौ चाहनाले अझै मन परायौ
मलाई भूलेकी भए के भनूँ खै
तिमी हर्ष आयौ कि बिस्मात् आयौ
कुनै चिज मीठो म खोजिरहेथेँ
म सोचिरहेथेँ तिमी याद आयौ