Last modified on 7 मई 2021, at 20:22

तिमीले हाँसेको / सुमन पोखरेल

{KKGlobal}}

तिमीले हाँसेको त ओठ हैन यौवन
बरु म के बाँच्छु पीर हो या जीवन

बग्न खोजेँ नदी भई बगर मात्रै रह्यो
जीवन बाँच्ने रहर, रहर मात्रै भयो
बरु कल्पनामा हाँसो बाँच्छ यो मन
म त खै के बाँच्छु नीर हो या जीवन

जीवनको उकालीमा बिसौनी साँगुरो
जति हिँडे पनि सँधै यात्रा नै अधुरो
जताततै छेक्छन् पहराले झन झन्
अनि म के बाँच्छु भीर हो या जीवन