भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी आउँछौ भन्ने आशै आशमा / यादव खरेल

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमी आउँछ्यौ भन्ने आशै आशमा बाटोभरि आँखा ओछ्याइरहन्छु
तिमी सागर भई जता बगे पनि म किनार भई पछ्याइरहन्छु

तिमीले नदी किनारमा गएर सुन्नू म कल्कलाएको हुन्छु
म तिम्रो मुटुको ढुकढुकीमा सुस्तरी चल्बलाएको हुन्छु

तिमीले गुफाहरुमा बसेर सुन्नू म भुन्भुनाएको हुन्छु
म तिम्रो बोलीको प्रतिध्वनिमा मधुर गुन्गुनाएको हुन्छु

शब्द - यादव खरेल
स्वर - उदित नारायण झा