भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी एक फूल / गोपाल योञ्जन

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

तिमी एक फूल हौ भने म फूलको पराग
दुई बेग्ला बेग्लै गीतका मन एक मधुर राग

मेरो सुख हो तिम्रो प्यारमा पाएका हर जलन
युग नै म भुल्न सक्दछु, म पाउन यो मिलन
तिमीलाई पनि रिझाउने मेरो प्रेम नै महान
तिमी एक फूल हौ…

एक दिन मलाई ल्याउँदछ सबै थाम्न सक्छु म
तिम्रो बाटुलो घोर आँखालाई, तर्साउन सक्छु म
मेरो प्यार मेरो प्राण भए तिम्रो प्यार हो बलिदान
तिमी एक फूल हौ…