भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी को हौ ? तिमी के हौ ? / विक्रम सुब्बा

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 08:14, 28 मई 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार= विक्रम सुब्बा |अनुवादक= |संग्रह=...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


तिमीलाई पहिलोचोटि देखेपछि
मेरा हाराएका घाम जून भेटेजस्तो लाग्यो
तर तिमीले भन्यौ
यी त मेरा आँखा हुन् !

मेरो सपना पनि हराएको थियो
हेर्दैलाँदा त्यो पनि तिमीमा भेटेजस्तो लाग्यो
तर फेरि तिमीले भन्यौ
यो त मेरो शरिर हो
मेरो आफ्नो फैलावट हो

मेरो संगीत हराएको थियो
अचानक एक दिन
तिम्रो ढुकढुकीमा भेटेजस्तो लाग्यो
तर तिमीले प्रमाणसहित भन्यौ
यो त मेरो हृदय बोलेको हो

त्यसै गरी
मेरो खुसि पनि हराएको थियो
हेर्दै जाँदा त्यो पनि
तिम्रो ओँठहरुमा अल्झिएको पाएँ
तर फेरि तिमीले भन्यौ
यो त मेरो मुस्कान हो

अब म के भनौँ
अब म के सोचौँ
तिमी मेरा अमुल्य सम्पतिको थुप्रो हौ ?
कि मेरो सानो देशको सानो झुप्रो हौ ?

भन भन
तिमी के हौ ? तिमी को हौ ?