Changes

{{KKCatNepaliRachna}}
<poem>
युवती- तिमी देऊ या नदेऊ तिम्रो माया मैले मन तिमीलाई बाँडिसकेँ
युवक- मलाई देऊ या नदेऊ तिमी स्वीकृति मैले मनमा तिमीलाई राखिसकेँ
युवक- हुन त यो नौलो चिनाजानी सङ्कोच-लाज बीचको कुराकानी तर लाग्छ मलाई तिमी देख्दा मेरी विगत जनमकी सङ्गिनी तिमी नौली बन या पराइ तिमीलाई हृदयले नै चिनिसकेँ
युवती- तिमी साथ रहँदा मलाई लाग्छ म जीवनको मधुमासमा छु जब हेर्छौ तिमी मलाई लाग्छ म विश्वभरिकी सुन्दरी हुँ तिमी ठान नठान मलाई आफ्नो मैले तिमीलाई अपनाइसकेँ
युवक- मलाई देऊ या नदेऊ तिमी स्वीकृति मैले मनमा तिमीलाई राखिसकेँ
</poem>
Mover, Reupload, Uploader
9,783
edits