Last modified on 4 अगस्त 2016, at 09:36

तिमी देऊ या नदेऊ तिम्रो माया / गोपाल योञ्जन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:36, 4 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)

युवती- तिमी देऊ या नदेऊ तिम्रो माया
        मैले मन तिमीलाई बाँडिसकेँ

युवक- मलाई देऊ या नदेऊ तिमी स्वीकृति
        मैले मनमा तिमीलाई राखिसकेँ

युवक- हुन त यो नौलो चिनाजानी
        सङ्कोच-लाज बीचको कुराकानी
        तर लाग्छ मलाई तिमी देख्दा
        मेरी विगत जनमकी सङ्गिनी
        तिमी नौली बन या पराइ
        तिमीलाई हृदयले नै चिनिसकेँ

युवती- तिमी साथ रहँदा मलाई लाग्छ
        म जीवनको मधुमासमा छु
        जब हेर्छौ तिमी मलाई लाग्छ
        म विश्वभरिकी सुन्दरी हुँ
        तिमी ठान नठान मलाई आफ्नो
        मैले तिमीलाई अपनाइसकेँ

युवक- मलाई देऊ या नदेऊ तिमी स्वीकृति
        मैले मनमा तिमीलाई राखिसकेँ