Last modified on 4 अगस्त 2016, at 09:38

तिमी देख्दा रहर होला लागेर आउँछ / गोपाल योञ्जन

Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 09:38, 4 अगस्त 2016 का अवतरण (' {{KKGlobal}} {{KKRachna |रचनाकार=गोपाल योञ्जन |अनुवादक= |संग्रह= }} {{K...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)



युवक-
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ

युवती-
तिमी देख्दा नवैनारी गलेर आउँछ
छातीभरी लाजैलाज भरेर आउँछ

युवक-
रोकूँ भन्छु हाँसो आफै फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ

युवती-
नसोची आज भावनाहरू उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ

युवक-
नभनी मैले जिन्दगी मेरो तिमीमा फ्याँकेछु
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ

युवती-
हाँसखेल गर्दा मुटु नै मैले चुँडाई बाँडेछु
पीरले पनि पापीको माया लागेर आउँछ