भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी देख्दा रहर होला लागेर आउँछ / नगेन्द्र थापा

Kavita Kosh से
यहाँ जाएँ: भ्रमण, खोज

केटा –
तिमी देख्दा रहर होला लागेर आउँछ
त्यसै त्यसै जिन्दगी मेरो जागेर आउँछ

केटी –
तिमी देख्दा नवै नाडी गलेर आउँछ
छातीभरि लाजै लाज भरेर आउँछ

केटा –
रोकूँ भन्छु हाँसो आफैँ फुटेर आउँछ
के हुन लाग्यो आफ्नै माया लागेर आउँछ

केटी –
नसकी आज भावनाहरू उर्लेर आउँछ
आफ्नै मुटु पराई पराई लागेर आउँछ

केटा – तिमी देख्दा

नभनी मैले जिन्दगी मेरो तिमीमा साँचेछु
व्यर्थैमा आज पछुतो मलाई लागेर आउँछ

केटी –
हाँसखेल गर्दा मुटु नै मैले चुँडाई बाँडेछु
पीरले पनि साथीको माया लागेर आउँछ

केटा – तिमी देख्दा

.....................................................
नोट - (गोपाल योञ्जनसँगको संयुक्त लेखन)