भारत की संस्कृति के लिए... भाषा की उन्नति के लिए... साहित्य के प्रसार के लिए

तिमी भनेर आएको / रमेश क्षितिज

Kavita Kosh से
Sirjanbindu (चर्चा | योगदान) द्वारा परिवर्तित 13:25, 21 सितम्बर 2017 का अवतरण ('{{KKGlobal}} {{KKRachna |रचनाकार=रमेश क्षितिज |अनुवादक= |संग्रह=घर...' के साथ नया पृष्ठ बनाया)

(अंतर) ← पुराना अवतरण | वर्तमान अवतरण (अंतर) | नया अवतरण → (अंतर)
यहाँ जाएँ: भ्रमण, खोज


सम्झ कि अँधेरीमा हिँडिरहेको बटुवा थिएँ
कस्तै हुरीमा पनि विश्वासको दियो जोगाउँदै आएको
बरालिन/बतासिन खोज्थ्यो मन - सम्हाल्दै/सम्झाउँदै आएको

म हिँड्दा - इन्द्रेणीको लाठी बोकेर
को हिँडेको थियो डाँडामाथि ?
किन उभिएकी थिई नववधुझैँ गुलमोहर त्यहाँ ?
किन उडिरहेथे पृथ्वीका तारा - जुनकिरीहरु आँगनमा ?
त्यो सब केही नसोधी - तिमीतिरै हिडी आएको

अनेक/अनेक लयहरु
शुभेच्छा/प्रार्थनाहरु
र हृदयमा प्रेम बोकेर हिँडिरहेको मैले
हरिया पातका ध्वजापताका फर्फराइरहेको वृक्षहरुलाई समेत
अहिले त बिसाउन भ्याउँदिन है भनेर आएको

कसैको आँखामा डुबेको थियो सुन्दर सपना - खोज्नु थियो
हुरीको पातझैँ उडेको थियो आत्मीय साथ - भेटनु थियो

म चंगा - लटृाईतिर तानिँदै/तानिँदै
म पक्षी - गुँडतिर उड्दै/उड्दै
म यात्री - गन्तव्यतिर हिँड्दै/हिँड्दै
म झरी - धर्तीतिर बर्सिदै/बर्सिदै आएको

तिम्रो ढोकाको सामुन्नेमा आइपुगेको छु
बस्नलाई बास देऊ है - तिमी भनेर आएको !